मुलुकमा शान्ति र स्थिरताका लागि निर्वाचन तोकिएकै समयमा हुनुपर्छ:प्रधानमन्त्री कार्की

खबर बुक
  • ख-
  • ख+

प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्नेमा जोड दिइृन ।

आइतबार सिंहदरबारमा इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको प्रतिनिधिमण्डलसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले वर्तमान सरकार चुनाव गराउनैका लागि आएकाले अब कुनै दुविधा नराखी चुनावको तयारी गर्न आग्रह समेत गरिन। उनले शान्ति स्थापना र कानुनको शासन बहालीमा सफलता मिलेको बताए।

प्रधानमन्त्री कार्कीले अव मुलुकको नेतृत्व गर्न युवाहरु अग्रसर हुनुपर्ने उल्लेख गरिन । नेम्बाङले इलाममा बाढीपहिरोका कारण क्षतिग्रस्ता राजमार्ग र पुल पुनःनिर्माणमा तदारुकता देखाउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री कार्कीले हालै भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले स्थलगत अवलोकन निरीक्षण गरी फर्किएको र यस विषयमा सरकार गम्भीर रहेको जानकारी दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्