कांग्रेस सभापति देउवा, उपसभापति र महामन्त्रीबीचको छलफल आज

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, ५ पौष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज उपसभापति र महामन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । बिहान ९ बजे आफ्नै निवासमा शीर्ष पदाधिकारीहरूसँग छलफल गर्दै हुनुहुन्छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का र अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बैठकमा बोलाएको छ ।

उनीहरूबिचको छलफल आगामी महाधिवेशनको कार्यतालिका र विधान मस्यौदा समिति गठनका विषयमा केन्द्रित रहने बताइएको छ । कांग्रेसले यहिँ पुस १६ मा वडा अधिवेशन र २६ गते केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका तय गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्