साफ महिला क्लब च्याम्पियनसिपको उपाधिका लागि आज एपीएफ र इस्ट बङ्गाल खेल्दै

खबर बुक
  • ख-
  • ख+


काठमाण्डौ – साफ महिला क्लब फुटबल च्याम्पियनसिपको उपाधिका लागि आज सशस्त्र प्रहरीको एपीएफ क्लब र भारतको इस्ट बङ्गाल क्लब खेल्दैछन् ।

खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ ।

इस्ट बङ्गाल ४ खेलमा ३ जीत १ बराबरीसहित १० अङ्क जोड्दै शीर्ष स्थानमा र समान खेलमा २ जीत २ बराबरीसहित ८ अङ्क जोड्दै एपीएफ दोश्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् ।

लिग चरणको अन्तिम खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक आयोजना गरेको च्याम्पियनसिपमा नेपाल, भारत, भुटान, बङ्गलादेश र पाकिस्तान गरी ५ सदस्य देशका लिग विजेता टोली सहभागी छन् ।

साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण गएको मंसिर १९ गतेदेखि काठमाण्डौमा शुरू भएको हो ।

उपाधि जित्ने टोलीले १० हजार र उपविजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछ । बाँकी तीन टोलीले समान २ हजार अमेरिकी डलर पाउनेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्