काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अन्य भू–भागमा भने हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ।
बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
आज राति सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
यस्तै, शनिबार सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने र देशका अन्य भू–भागमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ।











