काठमाडौं, २० मंसिर । सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १४८ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ६ विकेट गुमाएर १४७ रन बनायो।
विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए भने प्रतिश जीसीले दुई र बसिर अहमदलेएक विकेट लिए।












