एनपीएलः आज दुई खेल हुँदै

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, १६ मंसिर । त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । बिहान पौने १२ बजे हुने पहिलो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स खेल्दैछन् ।

चार खेलबाट दुई खेल जितेको चितवन यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ । चितवनको ४ खेलमा २ जीत र २ हारसहित ४ अङ्क जाड्दै तालिकाको चौथो स्थानमा छ । लगातार चार खेल हारेर अङ्कविहीन हुँदै पुछारमा रहेको जनकपुर आजको खेल जितेर प्लेअफको दौडमा कायमै रहने लक्ष्यमा छ ।

आज हुने दास्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स खेल्दैछन् ।दिउँसो ४ बजे हुने खेलमा दुवै टोलीका लागि आजको खेल प्लेअफ पुग्न महत्त्वपूर्ण मानिएको छ ।

पोखरा ४ खेलमा १ जीत र ३ हारसहित २ अङ्क जाड्दै सातौं स्थानमा छ । कर्णालीका लागि भने आजको खेल जित्नैपर्ने छ । कर्णाली ५ खेलमा १ जीत र ४ हारसहित २ अङ्क जोड्दै छैटौं स्थानमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्