काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा चितवन राइनोजले काठमाण्डू गोर्खाजविरुद्ध फिल्डिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा चितवनका कप्तान कुशल मल्लले टस जितेर काठमाण्डूलाई पहिले ब्याटिङ गर्ने निम्तो दिए।
दुवै टोली आजको खेल जित्दै तालिकामा आफ्नोस्थिति मजबुत बनाउन चाहन्छन्।












