काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्तमान अवस्थामा देशका उच्च पहाडी तथा हिमाली भूभागमा मात्र आंशिक बदली छ, जबकि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ। अन्य प्रदेशहरूमा भने मौसम खुलेको नै रहने महाशाखाले जनाएको छ।
राति कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रह्नेछ। तर बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
मौसम स्थिर रहेकाले यतिबेला देशभर हवाई उडान र दैनिक गतिविधिमा कुनै बाधा नपर्ने देखिएको महाशाखाको भनाइ छ।











