मधेस प्रदेशका मुख्यमन्त्रीको नियुक्तिबिरुद्धको रिटमा आज सुनुवाइ

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्ध दायर रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। हिजो सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डे समावेश रहेको संयुक्त इजलासमा उक्त रिटमाथि बहस भइरहेको छ।

मधेस प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव सहित ७४ सांसदले मुख्यमन्त्री सरोज यादवको नियुक्ति संवैधानिक व्यवस्थाविपरीत भएको दाबी गर्दै रिट दर्ता गराएका हुन्।

यसअघि रकी यादवसहितद्वारा दायर अर्को रिटको प्रारम्भिक सुनुवाइ गर्दै, न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मुख्यमन्त्री यादवलाई प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो।

आजको सुनुवाइले मुख्यमन्त्रीको वैधानिकता सम्बन्धी विवादको दिशा तय गर्ने अपेक्षा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्