काठमाडौँ, ८ मंसिर । नेपाल प्रिमियर लिग एनपीएलमा आज काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदैछ। खेल त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ बजे शुरु हुनेछ ।
करण केसीको कप्तानीमा रहेको काठमाडौँले तीन खेल खेलेको छ। यसका दुई हार र एक खेलमा जित निकालेको थियो। काठमाण्डू दुई अङ्कसहित तेस्रो स्थानमा छ।
रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले पनि तीन खेलमध्ये एक जित निकाल्दै दुई अङ्कसहित चौथो स्थानमा छ।












