काठमाडौं, ८ मंसिर । नेपाल प्रिमियर लिगको आजको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगर किङ्सले जनकपुर बोल्टलाई १३६ रनको लक्ष्य दिएको छ।
विराटनगरले ७ विकेट गुमाएर १३५ रन बनायो। विराटनगरका लागिशुभम रन्जनेले सर्वाधिक ३७ रन बनाए भने बसिर अहमदले ३६ रन बनाए। लोकेश बम २८, जर्ज मुन्से १० र मार्टिन गुप्टिलले १३ रन बनाए। नारायण जोशी दुई रन बनाएर आउट भए भने मर्चेन्ट द लेंगेले खाता खोल्न सकेनन्।
प्रतिश जिसी २ रन र कप्तान सन्दीप लामिछाने १ रनमा नटआउट रहे।
विराटनगरलाई सस्तैमा समेट्न जनकपुरका लागि संगीथ कुरे र रूपेश सिंहले समान दुई दुई विकेट लिए भने आदित्य महताले एक विकेट लिए।











