काठमाण्डौं, ८ मंसिर । अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी प्रदेशको एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।











