८ लाख बढी नयाँ मतदाता थपिए

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, ६ मंसिर । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा ८ लाख भन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार मंसिर ५ गतेसम्म तोकिएको समयसीमामा ८ लाख ३७ हजार ९४ मतदाता थपिएका छन् ।

यसमा निर्वाचन कार्यालय पुगेर बायोमेट्रिक दिने मतदाताको संख्या ३ लाख ४४ हजार ९ सय १४ र राष्ट्रिय परिचयपत्रमार्फत दर्ता हुनेको संख्या ४ लाख ९२ हजार १८० रहेको छ ।

मतदाता थपिएसँगै आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा मतदाताको संख्या १ करोड ९० लाख ५ हजार ३ सय १४ पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्