काठमाडौँ, ४ मंसिर । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। गत भदौको जेनजी आन्दोल पश्चात पहिलो पटक आज बैठक बस्न लागेको हो । ैबैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको छ ।
केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकले महाधिवेशन सम्बन्धी निर्णय गर्नेछ। ११ औँ राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले बैठक डाकेको पार्टी केन्द्रीय कार्यालयका सचिव डा।भीष्म अधिकारीले जानकारी दिए।
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७, २८ र २९ गते काठमाडौँमा हुँदैछ। यस लागि एमालेले मंसिर १३ गते एकै दिन प्रतिनिधि छनोट गर्दैछ। त्यसबाहेक पार्टीले शनिबार काठमाडौँमा गर्ने प्रदर्शनबारेमा समेत बैठकमा छलफल हुने अधिकारीले बताए।
एमालेले प्रतिनिधिसभा पुनः स्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिने बताउँदै आएको छ।











