ताप्लेजुङमा आगलागी हुँदा चार घर जले

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ३ मंसिर । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ तेम्बा बजारमा गएराति आगलागी हुँदा चार घर जेका छन् ।

गाउँपालिकाका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाको घर जलेको हो । चारवटै घर र घरमा भण्डारण गरिएको खाद्यान्नलगायत अन्य सामग्री पनि जलेका छन् ।

पीडितको एकसरो लत्ताकपडाबाहेक सबै जलेको उपाध्यक्ष शेर्पाले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आगलागीको कारण खुलिसकेको छैन । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भैरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्