मेरो पालामा अहिले जस्तो खुलेआम भ्रष्टाचार थिएन- केपी ओली

खबर बुक
  • ख-
  • ख+

 काठमाडौं, मंसिर २ । नेकपा एमालेका अध्यक्षसमेत रहेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारमा खुलेआम भ्रष्टाचार नभएको दाबी गरेका छन्।

मंगलबार पार्टी मुख्यालय च्यासलमा आयोजित राखिएको विघटित प्रतिनिधि सभाका सांसदको बैठकमा बोल्दै उनले अहिलेको अन्तरिम सरकारमा जस्तो खुलेआम भ्रष्टाचार नभएको बताएका हुन्।

अध्यक्ष ओलीले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालप्रति संकेत गर्दै ओलीले विद्युत् खरिदको नाममा करोडौँ घोटाला भएको दाबी गरेका हुन्।

आफू नेतृत्वको सरकारको पालामा केही भ्रष्टाचार भए पनि अन्तरिम सरकारले जस्तो कुशासन र चरम भ्रष्टाचार नगरेको जिकीर गरे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्