दोस्रो संस्करणको एनपीएल आजदेखि शुरु हुँदै

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, १ मंसिर । पाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आजदेखि त्रिवि क्रिकेट रंगशालामा शुरू हुँदैछ । आज दिउँसो ४ बजे उद्घाटन खेलमा पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाजबीच खेल हुने हुनेछ ।

एनपीएलको दोस्रो संस्करणमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डौ गोर्खाज र लुम्बिनी लायन्स गरी आठ टोली सहभागी छन् । हरेक टोलीमा विदेशीसहितका खेलाडी समावेश छन् ।

यसपटक एनपीएल फ्ल्डलाइटमा पनि हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार प्रतियोगिताका कुल ३२ मध्ये २३ खेल राति फ्ल्डलाइटमा हुनेछन् ।
खेलको साधारण टिकट पाँच सय र प्रिमियम अर्थात् भीआईपी टिकट १५ सय रुपैयाँ तोकिएको छ ।

अन्य समूह चरणमा साधारणतर्फ पाँच सय र भीआईपीतर्फ एक हजार रुपैयाँ रहनेछ भने प्लेअफ तथा फाइनलका लागि साधारणतर्फ एक हजार र भीआईपीतर्फ दुई हजार रुपैयाँ तिर्नुपर्ने क्यानले जनाएको छ । साथै सिजनभरको पास १५ हजार रुपैयाँमा किन्न सकिनेछ । एनपीएल नेपालभित्र कान्तिपुर म्याक्स एचडीबाट प्रत्यक्ष प्रसारण हुनेछ भने विदेशमा स्टार स्पोट्र्सबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्