काठमाडौँ, २३ कात्तिक । एकीकृत समाजवादीको पार्टीको संयोजक घनश्याम भुसाल बनेका छन् ।
शनिबार पार्टीको ६७ केन्द्रीय सदस्यहरूको ‘भर्चुअल’ बैठकले पार्टी पुनर्गठन गर्दै तत्कालीन महासचिव भूसाललाई संयोजक तोकेको हो।
अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता गरेपछि विमति जनाउँदै भुसालले पार्टी पुनर्गठन गर्ने बताएका थिए।
यस्तै आगामी मंसिर पहिलो हप्ता राष्ट्रिय भेला आयोजना गर्ने बैठकले निर्णय गरेको छ ।











