काठमाडौँ, १८ कात्तिक । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज फेरी बस्ने भएको छ । दिउसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी दिए । यस अघि पटक पटक बसेको केन्द्रीय कार्यसमितिको बिनानिष्कर्ष टुंगिए थियो ।
आजको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिहरूलाई बैठकमा उपस्थित हुन अनुरोध गरिएको छ। आजको बैठकमा संस्थापन र इतर दुवै पक्षले महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने तयारी गरेका छन् ।
संस्थापन इतर समूहले आगामी मंसिर मसान्तभित्र महाधिवेशन गर्नुपर्ने पक्षमा छ भने संस्थापन पक्ष आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने अडानमा छ ।











