प्रधानमन्त्रीद्धारा सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक आह्वान

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक बोलाएकी छन् । बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।

प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ । बैठक आज अपराह्न चार बस्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्