ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने भएको छ। बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, सानेपामा सुरु हुनेछ।
गत असोज २८ गतेदेखि सुरु भएको यो बैठक जेनजी आन्दोलन ९भदौ २३ र २४०, अन्तरिम सरकारको गठन र प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति तथा त्यसमा कांग्रेसको भूमिकामाथि केन्द्रित रहेको पार्टीले जनाएको छ।
जारी केन्द्रीय समितिको आजको बैठकमा विभिन्न केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ।
पार्टीका प्रवक्ता प्रकाशशरण महतका अनुसार केही केन्द्रीय सदस्यहरूले निर्वाचनपछि मात्रै महाधिवेशन गर्नु उपयुक्त हुने सुझाव दिएका छन्।
हिजो सम्पन्न बैठकमा केन्द्रीय सदस्यहरू मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुरसिंह ९लामा० तामाङ, रमा कोइराला, टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार केसी, रङ्गमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सिना, शान्ति परियार विक, लक्ष्मी खतिवडा, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, आमन्त्रित प्रदेश सभापति इन्द्रबहादुर बानियाँ ९बागमती० र ८८अमरसिंह पुन ९लुम्बिनी०८८ले आ–आफ्नो धारणा राखेका थिए।











