त्रिपक्षीय बैठकमा मिराज ढुंगानाका सर्त– प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि जिसस खारेजसम्म

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १३ कात्तिक । हिजो साँझ बालुवाटारमा भएको त्रिपक्षीय बैठकमा जेनजी प्रतिनिधि तथा गरी खान देऊ अभियानका अध्यक्ष मिराज ढुंगानाले सात बुँदे सर्त अघि सारेका छन् ।

सरकार, राजीतिक दल र जेनजी अगुवासहितको बैठकमा नागरिक स्तरको भ्रष्टाचार अनुसन्धान निकाय गठनदेखि स्थायित्वयुक्त सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली लागु गर्नुपर्ने लगाएतका मागहरु राखेका थिए ।

उनले जारी गरेका विज्ञप्तिमा नेपाली नागरिकता कायम राखेका विदेशस्थित नेपाली जनसङ्ख्यालाई मताधिकार प्रदान गर्ने व्यवस्था गर्नुपर्ने पनि उल्लेख छ। अहिलेको संघीय संरचना अप्रभावकारी भएको भन्दै संघीय र प्रदेश सरकारबीचको दोहोरोपन हटाई, प्रदेशको खर्च घटाउने तथा गैरराजनीतिक पात्रबाट मन्त्रालय सञ्चालन गर्ने प्रस्ताव गरिएको छ।

त्यसैगरी, जेन जि आन्दोलन लाई अब राजनीतिक जनआन्दोलनको रूपमा रूपान्तरण गर्नुपर्ने भनिएको छ। शहीद परिवार र घाइतेहरूका लागि तत्काल उचित व्यवस्थापन गर्न आयोग गठनको माग गरेका थिए ।

विज्ञप्तामा २३ गतेको शान्तिपूर्ण आन्दोलनमा भएको दमनको निष्पक्ष छानबिन गरी दोषीहरूलाई कारबाही गर्न र २४ गतेका घटनाको तथ्य छानबिन गर्न पनि जोड दिइएको छ।

यस्तै, संघीय तहका ७७ वटा जिल्ला समन्वय समितिहरू खारेज गरी स्थानीय तहमा विकास र सेवा प्रवाहका काम केन्द्रित गर्नुपर्ने, साथै प्रदेशको खर्च ४० प्रतिशतले घटाउन सकिने प्रस्तावसमेत गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्