नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारको घोषणा गरेको समयमा प्रतिनिधिसभा निर्वाचन हुनेमा आशंका व्यक्त गर्नुभएको छ ।
काठमाडौंमा बुधबारबाट शुरु भएको पार्टी केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले अहिलेको अवस्थामा चूनाव बाहेक अर्को बिकल्प नरहेको भन्दै तोकिएको समयमा चूनाव गराउन सरकार सफल हुनेमा आशंका व्यक्त गर्नुभएको हो । उहाले अहिलेको सरकारले नै निर्वाचन गराउने समेत प्रश्न खडा भएको धारणा राख्नुभयो । यद्दपी निर्वाचनको तयारीमा जुट्दै राम्रो परिणाम ल्याउने गरि तयारी भने गर्नुपर्ने उहाले बताउनुभयो ।
त्यस्तै अध्यक्ष नेपालले समान बिचार भएका पार्टीहरुबीच एकता गर्न ढिला गर्न नहुनेमा जोड दिनुभयो । समाजवादी क्रान्ति सम्पन्न गर्न एउटा बलियो क्रान्तिकारी शक्तिको आवश्यकता रहेको र त्यसका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुबीच एकता अपरिहार्य रहेको उहाले बताउनुभयो ।
उहाले एमाले विरुद्ध विद्रोहको औचित्य छैन भन्ने कुरामा कुनै दम नरहेको उल्लेख गर्दै विद्रोह गरेर नयाँ दल खोल्नुको औचित्य पुष्टि भइसकेको जिकिर गर्नुभयो । अध्यक्ष नेपालले जेनजी आन्दोलनका क्रममा परिस्थीतिलाई ढिक ढंगले मूल्याङ्कन गर्न नसक्दा ठूलो धनजनको क्षति भएको बताउनुभयो । जेनजी युवाहरु आफ्नो पार्टीसंग निरन्तर सम्वाद र छलफलमा रहेको भन्दै उहाले उनीहरुको मागप्रति पार्टीको पूर्णरुपमा समर्थन रहेको बताउनुभयो ।
अध्यक्ष नेपालले संविधानको देश रक्षा गर्दै विदेशीको हस्तक्षेपबाट जोेगाउन सरकार अघि बढे सरकारलाई सहयोग गर्ने धारणा राख्नुभयो । शुक्रबारसम्म चल्ने बैठकमा जेनजी आन्दोलन, नयाँ सरकार गठनपछिको अवस्थाको समीक्षा र पार्टी एकतालगायत विषयमा छलफल हुने बताइएको छ ।











