सुशीला कार्की मन्त्रिपरिषद् पुनः विस्तार, दुई नयाँ मन्त्रीको शपथ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् आइतबार पुनः विस्तार गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा डा। सुधा शर्मा गौतम र बब्लु गुप्ताले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले डा. गौतमलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र गुप्तालाई युवा तथा खेलकुदमन्त्रीको रूपमा शपथ दिलाए। योसँगै कार्की मन्त्रिपरिषद् अब १० सदस्यीय बनेको छ।

स्रोतका अनुसार, आजै खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठलाई पनि मन्त्री बनाउने तयारी गरिएको थियो, तर उनीहरूबारे विवाद उत्पन्न भएपछि उनीहरूको शपथ हालका लागि रोकिएको बताइएको छ।

भदौ २३–२४ गतेको जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश कार्कीले आइतबार मन्त्रिपरिषद् तेस्रो पटक विस्तार गरेकी हुन्।
भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी उनले यसअघि भदौ ३० र असोज ६ गते मन्त्रिपरिषद् विस्तार गरेकी थिइन्।

भदौ ३० गते कार्कीले रामेश्वर खनाल, ओमप्रकाश अर्याल, र कुलमान घिसिङलाई मन्त्री बनाएकी थिइन्।
असोज ६ गते उनले अनिल कुमार सिन्हा, महावीर पुन, मदनप्रसाद परियार, र जगदीश खरेललाई मन्त्रिपरिषद्‌मा समावेश गरेकी थिइन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्