काठमाडौं, ९ कात्तिक । आईसीसी विश्वकप लिग टू मा आज नेपालले अमेरिकासँग खेल्दैछ।
खेल विहान सवा ११ बजे यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंशगालामा सुरु हुने छ। नेपाल चार महिनापछि एक दिवसीय क्रिकेटमा फर्किन लागेको हो।
तीन वर्षको चक्रमा आयोजना हुने लिग टूमा नेपाल निकै कमजोर अवस्थामा छ। तर आईसीसी टी २० विश्वकप छनोटमा एसोसिएटतर्फ एसिया क्षेत्रकै उत्कृष्ट टोली नेपालसामु लिग–टू मा पुनरागमनको अवसर छ।











