प्रधानमन्त्री कार्कीले गरिन् चारै सुरक्षा प्रमुखसँग छलफल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशको पछिल्लो सुरक्षा अवस्था र आगामी निर्वाचन तयारीका विषयमा गृहमन्त्री, गृहसचिव र चारवटै सुरक्षा निकायका प्रमुखसँग विस्तृत छलफल गरेकी छन्।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको उक्त बैठक करिब दुई घण्टासम्म चलेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

बैठकमा सुरक्षा परिस्थिति, निर्वाचन सुरक्षाको तयारी, जेनजी आन्दोलनपछि विकसित राजनीतिक अवस्था र सम्भावित चुनौतीहरूबारे विस्तृत समीक्षा गरिएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री कार्कीले हालको राजनीतिक र सुरक्षात्मक अवस्थाबारे सम्बन्धित निकायबाट प्रत्यक्ष ब्रिफिङ लिएको बताइएको छ।

बैठकमा गृहमन्त्री, गृहसचिवका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका प्रमुखहरू सहभागी रहेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्