काठमाडौं, कार्तिक ७ । नेपाल, भारत र इरान बीचको त्रिदेशीय फिफा मैत्रीपूर्ण प्रतियोगितामा नेपाल इरानसँग पराजित भएको छ।
शुक्रबार साँझ भारत शिलोङस्थीत जवाहरलाल नेहरू स्टेडियममा सम्पन्न पहिलो खेलमा नेपाल इरानसँग ३–० ले पराजित भएको हो ।
प्रतियोगिताको पहिलो खेलमा इरानले भारतलाई २–० ले पराजित गरिसकेको छ। यो प्रतियोगितामा नेपालले अब दोस्रो खेल मंगलबार भारतसँग खेल्ने तालिका छ।











