तिहारमा काठमाडौंका सडकमा ट्राफिक प्रहरीको सक्रियता, १९९ जना मापसेमा कारबाही

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । जेनजी आन्दोलनपछि दसैंमा काठमाडौंका सडकमा देखिएको न्यून प्रहरी उपस्थिति यो तिहारमा भने उल्लेख्य रूपमा बढेको देखिएको छ। ट्राफिक प्रहरीको सक्रियताका कारण यस वर्षको तिहारमा ठूला दुर्घटनाहरू हुन नपाएको प्रहरीले जनाएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० नरेशराज सुवेदीका अनुसार तिहारको दिन काठमाडौं उपत्यकामा १६ वटा सामान्य खालका दुई पाङ्ग्रे सवारी दुर्घटना भएका थिए।

“ट्राफिक प्रहरी प्रमुखसहितको टोली तिहारको दिन सडकमा खटिएको थियो। प्रहरीको सक्रियताकै कारण कुनै मानवीय क्षति हुन पाएन,” एसपी सुवेदीले बताए।

उनका अनुसार उपत्यकाभर १९९ जना चालक मादक पदार्थ सेवन ९मापसे० गरी सवारी चलाएको आरोपमा कारबाहीमा परेका छन् भने १५ जना सामान्य रूपमा घाइते भएका छन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० नवराज अधिकारीले तिहारका दिन सुरक्षा तथा ट्राफिक व्यवस्थापनका उपायहरू कडाइका साथ लागू गरिएको जानकारी दिए।

“तिहारमा लापरबाही तरिकाले सवारी चलाउनेविरुद्ध सिसी क्यामरा मार्फत निगरानी बढाइएको थियो,” उनले भने, “भक्तपुर, ललितपुर, नयाँ बसपार्क, कोटेश्वर, रत्नपार्क, कलङ्की, चाबहिल लगायतका व्यस्त क्षेत्रमा प्रहरी निरन्तर खटिएका थिए।”

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्