काठमाडौं। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मुख्यतया सफा रहनेछ।
कोसी, कर्णाली प्रदेशका पहाडी भू भागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ। विभागका अनुसार आज राती देशैभरको मौसम मुख्यतया सफा रहनेछ।











