पाकिस्तानले गरेको हवाई आक्रमणमा अफगानिस्तानका ३ जना क्रिकेट खेलाडीको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, १ कातिर्क । पाकिस्तानले गरेको हवाई आक्रमणमा तीन जना अफगान क्रिकेट खेलाडीको ज्यान गएको छ । यो घटनापछि अफगानिस्तानले अर्को महिना पाकिस्तानमा हुने भनिएको त्रिदेशीय टी–२० श्रृंखला नखेल्ने भएको छ ।

अर्को महिना पाकिस्तानमा घरेलु टोलीसहित अफगानिस्तान र श्रीलङ्काबीच श्रृंखला हुने तय भएको थियो । आउँदो नोभेम्बर १७ देखि २९ तारिखसम्म रावलपिंडी र लाहोरमा खेल्ने तालिका थियो । उर्गुन जिल्लाअन्तर्गत सीमानाका भएको आक्रमणमा तीन स्थानीय क्रिकेट खेलाडीको ज्यान गएपछि अफगानिस्तनले श्रृंखलाबाट नाम फिर्ता लिएको अफगानी क्रिकेट बोर्डले जनाएको छ ।

यो घटनाले अफगानिस्तानको खेलकुद जगत्सहित खेलाडी र क्रिकेट परिवारको लागि ठूलो क्षति भएको विज्ञप्तिमा उल्लेख छ । पाकिस्तान र अफगानिस्तानबीचको कूटनीतिक सम्बन्ध पहिलेदेखि नै बिग्रँदै गएको बेला त्रिदेशीय श्रृंखला तय भएको थियो । पाकिस्तान क्रिकेट बोर्डले अहिलेसम्म यस विषयमा कुनै प्रतिक्रिया नदिएको क्रिकइन्फोले जनाएको छ । एजेन्सी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्