प्रधानमन्त्री सुशीला कार्कीले कूटनीतिक नियोगसँग छलफल गर्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपालस्थित सबै कूटनीतिक नियोग प्रमुख र विदेशी राजदूतहरूसँग सिंहदरबारमा छलफल गर्ने भएकी छन्। बैठक दिउँसो साढे २ बजे सुरु हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

छलफलका लागि नेपालस्थित ९२ वटा कूटनीतिक नियोगका प्रमुख र राजदूतहरूलाई आमन्त्रित गरिएको छ।

बैठकमा नेपालको समसामयिक अवस्था र आगामी २१ फागुनमा तय भएको प्रतिनिधि सभा निर्वाचन सम्बन्धी विषयमा जानकारी दिइनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्