काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा समसामयिक राजनीतिक विषयमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ। बैठक शुक्रबार बिहान ११ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्नेछ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार असोज २८ गतेदेखि सुरु भएको बैठकमा बिहीबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए। त्यस्तै, महामन्त्री गगनकुमार थापाले विभिन्न प्रस्तावहरू प्रस्तुत गरेका थिए।
बैठकमा डा। शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, शिवप्रसाद हुमागाईं, राजीव कोइराला र गुरु बराललगायत नेताहरूले धारणा राखेका छन्।
बैठकको पहिलो दिन सभापति शेरबहादुर देउवाले स्वास्थ्यका कारण उपसभापति खड्कालाई कार्यवाहक सभापति तोकिएको जानकारी गराएका थिए।
बैठकले आउँदो १५औँ महाधिवेशन सम्बन्धी महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।













