काठमाडौं । सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने आईसीसी टी–२० विश्वकपको टिकट कटाइसकेको नेपालले आज एशिया तथा इस्ट प्यासिफिक छनोटको उपाधिका लागि सामोआसँग खेल्दैछ।
खेल नेपाली समयअनुसार दिउँसो ४:१५ बजे ओमानमा सुरु हुनेछ। हालसम्म चार खेलमा अपराजित रहेको नेपाल शीर्ष स्थानमा छ। जिते उपाधि पनि आफ्नो पोल्टामा पार्नेछ।
यसअघि नेपालले सन् २०१४ र २०२४ मा टी–२० विश्वकप खेलिसकेको छ। यो तेस्रो पटक नेपालको विश्वकप यात्रा हुनेछ।
सामोआ भने सुपर सिक्समा सबै खेल हारेर प्रतियोगिताबाट बाहिरिसकेको छ।











