टी–२० विश्वकप एशिया छनोटमा नेपालले ओमानसँग खेल्दै

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २९ असोज । आईसीसी टी–२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति पौने नौ बजे शुरू हुनेछ ।

आजको खेल नेपालका लागि विश्वकप छनोटको निर्णायक रहेको छ । सोमवार भएको खेलमा कतारलाई हराएसँगै नेपाल टी–२० विश्वकप नजिक पुगेको छ ।

पहिलो खेलमा नेपालले यूएईलाई एक रनले हराएको थियो । नेपालले अन्तिम खेलमा पर्सि शुक्रवार सामाओसँग खेल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्