काठमाडौं, २७ असोज । इलामबाट काठमाडौं आउँदै गरेको कारमा उदयपुरको अधेरीमा गुडिरहेको अवस्थामा अचानक आगलागी भएको छ ।
बा ९ च ८६६८ नम्बरको कार उदयपुरगढी गाउँपालिका(७ अधेरीमा सोमबार बिहान अचानक आगलागी भएको उदयपुरका डीएसपी केदारमान दोङले जानकारी दिए ।
गुडिरहेको कारमा अचानक लागेको आगोबाट कार जलेर पूर्णरूपमा क्षति पुगेको छ भने कारमा सवारी एक बालक सामान्य घाइते भएका छन् । घाइते हुनेमा ७ वर्षीय आरोन सेनचुरी रहेका छन् । आरोनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा लगिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











