आईसीसी टी–२० एशिया छनोटको सुपर–६ मा नेपालले कतारसँग खेल्दै

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २७ असोज । आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ मा नेपालले आज कतारसँग खेल्दैछ । यो खेल नेपाली समयानुसार बेलुकी पौने नौ बजे ओमानमा सुरु हुनेछ । यसअघि नेपालले हिजो संयुक्त अरब इमिरेट्स ९युएई० माथि एक रनको जित निकालेको थियो । यूएईलाई हराएसँगै नेपाल विश्वकप नजिक पुगेको छ ।

हिजो भएको खेलमा नेपालले दिएको एक सय ४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन मात्र बनाउन सक्यो । यूएईलाई अन्तिम तीन बलमा तीन रन चाहिएको अवस्थामा तीन विकेट गुमाएर एक रन मात्र जोड्न सक्यो । नेपाल दुई खेलमा चार अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । दुई खेलमा चार अङ्क नै भएको ओमान नेट रन रेटका आधारमा शीर्ष स्थानमा छ ।

यूएई दुई खेलमा दुई अङ्कसहित तेस्रो स्थानमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्