राष्ट्रपति अस्पतालबाट डिस्चार्ज

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २६ असोज । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

हिजो जेनजी समुहसँग शीतल निवासमा छलफल गर्दै गर्दा एक्कासि स्वास्थ्यमा समस्या आएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।

राष्ट्रपतिसँग वार्तामा बस्न नपाएको भन्दै शनिवार जेनजीका प्रतिनिधिले शीतल निवास अगाडि नाराबाजी समेत गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्