नेपाली महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकको भ्याकेन्सी खुल्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २५ असोज । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि भ्याकेन्सी खुलाएको छ । फेसबुकबाट एक सुचना प्रकाशित गर्दै क्यानले प्रमुख प्रशिक्षकका लागि भ्याकेन्सी खुलाएको हो ।

अक्टुबर २५ सम्मका लागि आवेदन खुला गरिएको छ । क्यानले महिला क्रिकेट टीमलाई अन्तरराष्ट्रिय स्तरको प्रशिक्षण दिई राम्रो नतिजा दिन सक्ने क्षमता भएको हुनुपर्ने उल्लेख छ ।

महिला क्रिकेट टीमको जिम्मेवारी यसअघि मनोज कटुवालले सम्हालेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्