बीपी राजमार्ग एकतर्फी सञ्चालनमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज २४ । लगातारको वर्षा र बाढी–पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग शुक्रबार दिउँसोदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ ।

असोज १७, १८ र १९ गतेको अविरल वर्षासँगैको बाढीपहिरोले काभ्रे र सिन्धुली जिल्लाभित्रका करिब १३ स्थानमा सडक क्षति पुगेको थियो ।

सोमध्ये करिब ४ किलोमिटर सडक खण्ड अस्थायी मर्मतपछि अहिले एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंका प्रमुख शुभराज न्यौपानेले जानकारी दिए ।

उनका अनुसार सडक दुईतर्फी सञ्चालन आइतबारदेखि सुरु हुनेछ।

सडक खुलाउन रोशी खोलामा डाइभर्सन निर्माण गरी बगर मिलाउने, खाल्डा पुर्ने र क्षतिग्रस्त भागमा अस्थायी पुनर्निर्माणका काम गरिएको हो । सडक मर्मत कार्य सोमबारदेखि सुरु गरिएको थियो ।

बाढीपहिरोले काभ्रेको चौकीडाँडालाई सबैभन्दा बढी क्षति पुर्‍याएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्