टी–२० विश्वकप छनोट: नेपाल र जापान सुपर ६ मा, कुवेत बाहिरियो

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । नेपाल र जापान आईसीसी टी–२० विश्वकप एशिया र इस्ट–एशिया प्यासिफिक छनोटको सुपर ६ चरणमा प्रवेश गरेका छन्।

अस्ति सम्पन्न खेलमा जापानले कुवेतलाई ५ विकेटले हराएपछि नेपाल पनि सुपर ६ मा स्थान सुरक्षित गर्न सफल भएको हो।

यसअघि समूह ‘बी’ अन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो। दुई खेलपछि नेपाल नेट रनरेटको आधारमा समूहको शीर्ष स्थानमा रहँदै सुपर ६ मा पुगेको हो। जापान दोस्रो स्थानमा रहँदै अर्को स्थान सुरक्षित गरेको छ।

लगातार दुई हार बेहोरेको कुवेत भने समूह चरणबाट बाहिरिएको छ।

अब समूह चरणको अन्तिम खेलमा नेपाल र जापान आज आमनेसामने हुँदैछन्। यो खेलले समूह विजेता को हुने भन्ने टुंगो लगाउनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्