नक्कली नोटको नमुना कागजसहित सर्लाहीबाट एक जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

 सशस्त्र प्रहरी बल सर्लाहीले जिल्लाको सिमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा नक्कली नोटको नमुना कागज बरामद गरेको छ ।

शुक्रबार नेपाल–भारत सीमावर्ती क्षेत्र सिमरा भगवतीपुरबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा नक्कली नोट बनाउने नमुना कागज बरामद् गरेको हो । गोडैता नगरपालिका–३, सिमरा भगवतीपुर बजारमा खटिएको सशस्त्र प्रहरीको टोलीले नक्कली नोट तयार गर्ने कागजको बण्डल बरामद गरेको सशस्त्र प्रहरी १० गणका गणपति एसपी भरत खनियाले बताउनुभयाे ।

सीमा सुरक्षा बेस (बिओपी) बहादुरपुरबाट सशस्त्र प्रहरी नायव निरीक्षक विद्याभुषण झाको नेतृत्वमा खटिएको टोलीले नक्कली नोट बनाउने कागजसहित एक जनालाई पक्राउ गरेको जनाएको हो ।

पक्राउ पर्नेमा नुवाकोट साविक ककनी गाविस वडा नम्बर–५, निवासी ३२ बर्षका हिरामान लामा रहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्