१७ औं संस्करणको काठमाडौं म्याराथन आगामी कार्तिक १५ गते

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । १७ औं संस्करणको काठमाडौं म्याराथन आगामी कार्तिक १५ गते हुने भएको छ । आयोजक एनआरएस स्पोट्र्स फाउण्डेसनले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै १७ औं संस्करणको काठमाडौं म्याराथनको मिति सार्वजनकि गरेको हो ।

काठमाडौं म्याराथन त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु हुने म्याराथन बिभिन्न स्थानको परिक्रमा गर्दै पुनः दशरथ रंगशालामा नै पुगेर समापन हुने आयोजकले जनाएको छ ।

म्याराथन अन्तर्गतको बिभिन्न विधामा करिव ५ हजार धावकहरुले प्रतिष्पर्धा गर्ने आयोजक समितिका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिए । उनले नेपालको खेल क्षेत्रलाई विश्वमाझ चिनाउनका लागि निरन्तर रुपमा म्याराथनको आयोजना गरिएको बताए ।

उहाले यस पटक पनि करिव दुई सयको संख्यामा विदेशी धावक सहभागी हुने उल्लेख गर्नुभयो । कार्यक्रममा १७ औं संस्करणको काठमाडौं म्याराथनको मुख्य प्रायोजनका लागि सिद्धार्थ बैँकसंग सम्झौता गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्