दशैँका लागि उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढ्दै

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ९ असोज । बडादशैं अन्तर्गत फुलपाती नजिकिदै जाँदा उपत्यकाबाट बाहिरिने यात्रुहरुको संख्या बढ्दै गएको छ ।

बिहीबार बल्खु, कोटेश्वर कलंकी लगाएका नाका हुँदै उपत्यकाबाट बाहिरिने यात्रुहरुको संख्या बढेको हो । मुग्लिन–नारायणघाट सडकखण्ड पहिरोले अवरुद्ध भएपछि बिपि राजमार्गमा सवारी चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ । काठमाण्डौबाट पछिल्लो ६ दिनमा दुई लाख भन्दा बढि यात्रु बाहिरिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट यात्रुहरू गन्तव्यस्थलमा गएका हुन् । यसवर्ष बिभिन्न स्थानमा गएको पहिरोका कारण दशैमा घर फर्कने यात्रुहरु समस्यामा परेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्