उदयपुरमा मतगणनालाई निरन्तरता दिन निर्देशन

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, १३ मंसिर

निर्वाचन आयोगले उदयपुर  १ मा मतगणनालाई निरन्तरता दिन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनाबारे उक्त कार्यालयलाई आयोगले पत्रमार्फत सो निर्देशन दिएको हो ।

आयोगले एउटा प्रणालीको मतपत्रबाट दोहोरो मतदान भएको भनी सम्बन्धित मतदान अधिकृतले प्रतिवेदन दिएको भए आयोगको मंसिर ४ र ५ गतेको आयोगको पत्रबमोजिम मतगणना कार्यलाई निरन्तरता दिन आयोगले निर्देशन दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्