कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ विस्तारको लागी छलफल जारी

खबर बुक
  • ख-
  • ख+

काडमाडौं, भदौ २८ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ विस्तारका लागि आन्तरिक छलफल भइरहेको छ ।

आज छलफलमार्फत् नामावली टुंगो लगाउने र आइतबार मन्त्रिपरिषद्‌ विस्तार गर्ने स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद्‌ विस्तारको तयारीका लागि प्रधानमन्त्री कार्की आफ्ना सहयोगीहरूसँग छलफलमा छिन् ।

पूर्वप्रधानन्यायाधीश कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त भएकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्