हर्क र कुलमानका समर्थकद्वारा शीतल निवास अगाडि प्रदर्शन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ २७ । राष्ट्रपति भवन शीतल निवासमा अन्तरिम सरकार प्रमुखका विषयमा आफूले भनेको मान्छे हुनुपर्ने भन्दै प्रदर्शन भएको छ ।

धरानका मेयर हर्क साङपाङ र विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा शीतल निवास अगाडि नाराबाजी भएको हो ।

युवाहरुले नाराबाजी गरेपछि नेपाली सेनाले एक्सन लिएर भिड नियन्त्रण गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्