काठमाडौं उपत्यकामा दिउँसोको कर्फ्यु हट्यो, निषेधाज्ञा पनि खुकुलो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा लागू गरिएको दिउँसोको कर्फ्यु हटाएको छ। सेनाले एक सूचना जारी गर्दै आज (भदौ २६) बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म मात्र कर्फ्यु लागू हुने जानकारी दिएको हो।

यससँगै निषेधाज्ञामा पनि केही खुकुलोपन देखिएको छ। सेनाले बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मात्र निषेधाज्ञा लागू हुने व्यवस्था गरेको छ। त्यसअघि बिहान ११ बजेसम्म निषेधाज्ञा हटाइएको हो।

हाल जनजीवन क्रमशः सामान्य बन्दै गएको देखिन्छ। अघिल्ला दिनहरूमा सुनसान देखिएको काठमाडौं उपत्यकामा आज बिहानदेखि सार्वजनिक तथा निजी सवारी साधनको आवागमनमा वृद्धि भएको छ।

भदौ २३ गते जेनजीु नामक युवाहरूको आन्दोलन हिंसात्मक बनेपछि भदौ २४ गते राति १० बजेदेखि नेपाली सेनाले सुरक्षा कमाण्ड आफ्नो हातमा लिएको थियो। त्यसयता देशभर कर्फ्यु आदेश जारी गरिएकोमा अहिले उपत्यकामा मात्र कर्फ्यु कायम गरिएको छ। उपत्यका बाहिरका जिल्लाहरूमा भने स्थानीय प्रशासनले कर्फ्यु तथा निषेधाज्ञा जारी राखेका छन्।

सरल भाषामा भन्नुपर्दा, निषेधाज्ञा भिडभाड, सभा, जुलुस जस्ता सार्वजनिक जमघटमा रोक लगाउने आदेश हो, जबकि कर्फ्यु एकदम कडा सुरक्षा आदेश हो, जसअन्तर्गत मानिसहरूको आवतजावत नै पूर्ण रूपमा निषेध गरिन्छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्