काठमाण्डौं, २३ भाद्र । जेनजीको प्रदर्शनका कारण उपत्यकाका बिभिन्न स्थानमा कफ्र्यु जारी भएपनि प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक प्रभावित भएको छ ।
सिंहदरबारमा सोमबार बसेको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरुको छलफल भइरहदा अचानक स्थगित गरिएको हो । बानेश्वर क्षेत्रको परिस्थीति नियन्त्रणबाहिर गएपछि गृहमन्त्री रमेश लेखक बैठक छाडेर बाहिरिनुभएको थियो । त्यसपछि समिति सभापति ईश्वरीदेवी न्यौपानेले वर्तमान घटनाक्रममा कारण अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गर्नुभयो ।
त्यस्तै पूर्वनिधारित अन्य संसदीय समितिका बैठक समेत स्थगित भएका छन् ।











