जेन जेडको भोलिको आन्दोलनमा दुर्गा प्रसाईलाई नट-अलाउड

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ २२ । जेन जेडले भोलि माइतीघरमा गर्ने स्तस्फुर्त आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईंलाई ‘निषेध’ गरिने भएको छ । प्रसाईं आएको खण्डमा उनीविरुद्ध ब्यानर प्रदर्शन गर्ने एक अभियन्ताले जानकारी दिए ।

जेन जेड/जेन जीयुवाहरू सरकारले सामाजिक सञ्जाल निशर्त खुलाउनुपर्ने, बुढा नेताहरु प्रधानमन्त्री नबन्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष नियुक्ति हुनुपर्नेलगायत माग राखेर आन्दोलनमा उत्रिन लागेका हुन् । यो आन्दोलनमा आफू पनि सहभागी हुने घोषणा प्रसाईंले आज फेसबुकबाट गरेका थिए ।

तर, आज तीनकुनेमा बसेको जेन जेडका अगुवाहरूको बैठकले भने उनलाई सहभागी नगराउने निर्णय लिएको हो । प्रसाईं माइतीघर आएमा ‘नट अलाउड’ को ब्यानर देखाउने निर्णय बैठकबाट भएको छ ।

यो आन्दोलन विशुद्ध जेन जेडको भएको समेत उनले दोहोर्याए । आजको बैठकमा अब आन्दोलनलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल भएको पनि आदित्यले बताए । भोलि बिहान ९ बजेदेछि थापाथलीस्थित माइतीघर मण्डलामा जेन जेडले आन्दोलन गर्दैछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्