एभरेष्ट बैंकको सिईओमा सुदेश खालिङ पुनः नियुक्त

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ २२ । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुदेश खालिङ राई दोस्रो कार्यकालका लागि नियुक्त भएका छन्। 

बैंक सञ्चालक समितिको २२ भदौमा बसेको बैठकले आगामी असोज ८ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षे कार्यकालका लागि बैंकको सिईओमा खालिङलाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो।

चार वर्षअघि बैंकले नेपाली बैंकरलाई पहिलो पटक प्रमुख कार्यकारी अधिकृत बनाएको थियो। उनको पहिलो चार वर्षे कार्यकाल केही हप्ता मात्रै बाँकी छ। कार्यकाल सकिने दिन नजिकिँदै गर्दा उनी पुनः नियुक्त भएका हुन्।

खालिङको नेतृत्वमा बैंकले राम्रो प्रतिफल निकाल्न सफल भएको छ। सम्पत्तिको गुणस्तर बिग्रँदै जाँदा अन्य बैंक समस्यामा परेका बेला एभरेष्ट बैंकको समस्याविहीन देखिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्